राजविराज – प्रसिद्ध गायक उदितनारायण झा १० वर्षपछि आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । जेठी श्रीमती रन्जना झासितको विवादपछि घर फर्कन पाएका थिएनन् ।
सन् १९८८ मा फिल्म कयामत से कयामत तकको ‘पाप कहते है वडा नाम करेगा’ बोलको गीतबाट प्रसिद्धी पाएका उदितले ३० भाषाका १५ हजार गीतमा आफ्नो स्वर दिएका छन् । पछिल्लो समय जेठी श्रीमती रन्जनासित सम्बन्ध सुधार भएपछि घरायसी कार्यका लागि उदित २ दिनअघि घर भारदह आएका हुन् ।
एक हप्ता सप्तरी भारदहस्थित घरमै बस्ने उनी यसवर्षको होली गाउँमा आफन्तसँगै मनाउने बताए ।
झा गायन पेशामा लागेर लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् ।
बलिउडमा जमेपछि दीपा झासँग दोस्रो विवाह गरे लगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध चिसिएको थियो । हाले दुबैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।
यस अघि झा आफ्नो मामा घर भारत बिहारको सुपौलमा केहि दिन आएर बसेका थिए । उनी नितान्त भेटघाँटका लागि कार्यक्षेत्र छोडर केहि दिनका आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको