काठमाण्डौ – भारतीय राजदूुत मन्जीब सिंह पुरी र प्रधानमन्त्री केपी शर्मा ओली बिच आज भेटघाट भएको छ ।
भारतीय राजदूत पुरीले आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधामन्त्री ओलीलाई हिन्दुहरुको महान पर्ब होलीको बधाई तथा शुभकामना दिएको छ ।
यस पर्वले भारत नेपालको समबन्ध अझै प्रगाढ बनाउदै सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश सहित बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत र्पुयाउँदै आएको उनले बताए ।
राजदूुत पुरीले यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै देशको समृद्धितर्फको यात्रामा भारतको अहम सहयोग रहने बताए ।







