राजविराज – नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रिय उपाध्यक्ष तथा महिला विभाग प्रमुख भवानी न्योपाने दाहालले किर्ते भ्रष्टाचारको नाममा अखतियार दुरुपयोग अनुसंधान आयोगले कर्मचारी पक्राउ गरी जागिर खाने काम गरीरहेको आरोप लगाउनु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले विहिवार राजविराजमा आयोजना गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट र्निवाचित जनप्रतिनिधीहरुको सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष दाहालले सो आरोप लगाउनुभएको हो ।
उहाले भन्नुभयो अखतियारले दुइ हजारको फोटो खिचेर सेवाग्राही र्माफत पैसा पठाएर कर्मचारी पक्राउ गर्दैछ र दुइ हजारमा कर्मचारीहरुको जागिर गइरहेको छ ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमालेको दुइ न. प्रदेशका संसदिय दलका नेता सत्य नारायण मण्डलले देशमा आमुल परिर्वतन ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारीहरुको कांधमा परिर्वतनलाइ सफल बनाउने जिम्मेवारी समेत आइपुगेको धारणा ब्यक्त गर्नुभयो ।
शुसिला कार्की र नवराज सिलवाल जस्ता इमान्दार राष्ट्रसेवक केहि बैइमान राजनितिकर्मी र बैइमान कर्मचारीहरुकै षडयन्त्रको सिकार हुने गरेको भन्दै नेता मण्डलले सो प्रति सजग रहदै जनताको सेवक भएर काम र्गन समेत आग्रह गर्नुभयो ।
दुइ न. प्रदेशमा कुनै प्रकारको आन्तरिक गडबडी नरहेपनि दुइ न. प्रदेशको तरलताको फाइदा उठाउन ब्राह्य शक्तिले चलखेल गर्ने खतरा रहेको आशंका समेत उहाले जताउनुभयो । घुमाउरो पारामा उहाले भन्नुभयो यस्तो चलखेलको खतरा दक्षिणबाट छ किनभने दुइ न. प्रदेश मात्र उसको नजिक छ ।
प्रगतिशिल संविधान जारी भइरहेको बखत दक्षिणले सात बुन्दे ड्राफ पठाएकै कारण एमालेलाइ मधेशबाट बर्ढान त्यतीबेला मधेशबादी दलहरु उत्रेको दाबी समेत उहाले गर्नुभयो । एमालेका शिर्ष नेताहरुलाइ सिध्याउनकै लागी गत बर्षको फागुन २३ गते सप्तरीको मलेठमा मधेशबादी दलहरुबाट एमालेको मेचि महाकाली अभियानको क्रममा उपद्रव मच्चाइएको आरोप समेत उहाले लगाउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन सप्तरीका अध्यक्ष राम नारायण महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले सप्तरीका अध्यक्ष तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने,नेकपा माओबादी केन्द्रका स्थाइ कमिटि सदस्य तथा पूर्व सभासद अशोक कुमार मण्डल , प्रदेशसभा सदस्य रुबी कर्ण लगायतले सम्बोधन गर्दै पार्टी एकिकरणकै लागी बाम गठबन्धनलाइ नेपाली जनताले जनादेश दिएकाले जनभावना अनुरुप दुबै पार्टीका नेत्रित्व तह हिडनुपर्नेमा जोड दिनुभयो ।







