काठमाडौं- संघीय सांसद्‌हरुको सपथ ग्रहण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले भोलि नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिने भएका हुन्।

संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आफ्नै मातृभाषामा सपथ लिन पाऊँ भनी विभिन्न सांसद्बाट निवेदन आएको जानकारी दिए। ४२ जना सांसद्हरुबाट मातृभाषामा सपथ लिनका लागि निवेदन आएको उनले बताए।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले २० गते नै सांसद्हरुको सपथ ग्रहण तोकिएको हो।संसद् अधिवेशन आह्वान नभएका कारण प्रतिनिधिसभा सदस्यको शपथ हुन सकेको थिएन।

संघीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संविधानमा व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको