काठमाण्डौ-प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सहभागि हुने विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी अन्तिम चरणमा पुगेको समाचार स्रोतले बतायो ।
फोरम अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा दुई पुरा मन्त्रालय र अरु केही राज्यमन्त्री लिएर सरकारमा जाने तयारी गरेको छ ।
फोरमबाट सरकारमा सामेल हुनको लगि सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहित रेणु यादव र हरिनारायण रौनियाले आकांक्ष देखाएका छन् ।
त्यसैगरी राजपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुङ्गो लागेको छैन । अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महताको नेतृत्वमा सरकारमा सहभागि हुने विषयमा छलफल भइरहेको छ ।
राजपाबाट सरकारमा सहभागि हुन राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरतसिंह भण्डारी लगायतले ईच्छा व्यक्त गरेका छन् । यद्यपी महतो, यादव र भण्डारीको सम्भावना बढि छ ।
राजपालाई तीन मन्त्रालयसहित अन्य केही राज्यमन्त्री पनि दिन सहमति भएको बताइएको छ ।
त्यसो त चारवटा दलको सरकार बन्ने भएपछि मन्त्रालय संख्या मिलाउन अफ्ठ्यारो पर्ने देखिन्छ ।







