काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोेच्च अदालतमा दायर भएको मुद्दा न्यायाधीश डम्वरबहादुर शाहीले सुनुवाई गर्ने भएका छन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रधानमन्त्री ओलीविरुद्धको मुद्दा शाहीको एकल इजलाशमा तोकेका हुन्।

संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको थियो। सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमाथि शुक्रबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा ओलीको प्रधानमन्त्री पद अवैधानिक हुनेछ।

एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको