विराटनगर । विहार राज्यको अररिया जिल्लामा हुने उपनिर्वाचनका लागि नेपाल तर्फको सीमा ४८ घण्टाका बन्द गरिने भएको छ ।

आइतबार हुने उपनिर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अररिया जिल्लासंग जोडिएका मोरङ र सुनसरी जिल्लाका नाका शुक्रवार साँझबाट आइतबार साँझ ६ बजेसम्मको लागि बन्द गरिने छ ।

उपनिर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल तर्फको प्रशासनलाई सीमा बन्दको लागि भारतीय पक्षले आग्रह गरेकाले शुक्रबार साँझ ६ बजेदेखि अररिया जिल्लासम्म  जोडिएका नेपालतर्फका मोरङ र सुनसरी जिल्लाका सीमा बन्द गरिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

नेपाल तर्फको सीमा बन्द भएपछि आवत जावतमा पूर्ण बन्देज हुनेछ ।

यदी कुनै कारण वंश आवत जावत गर्न परेमा अपत्कालिन पासका लागि स्थानीय प्रशासनको अनुमति लिएर सीमा क्षेत्रबाट आवत जावत गर्न सकिने प्रजिय आर्चायले बताए ।

भारतसंग मोरङ जिल्लाको कुल ६२ किलो मिटिर सिमाना जोडिएको छ ।

दुबै देशमा हुने निर्वाचनको समयमा निर्वाचन सुरक्षालाई लक्षित गरी दुबै देशका स्थानीय प्रशासनले निर्वाचनका दिन अघि र पछि गरी नेपाल तर्फ चुनाव हुदा ७२ घण्टा र भारत तर्फ निर्वाचन हुदा ४८ घण्टा सीमा शिल गर्ने प्रचलन रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको