श्याम सोनी

सप्तरी – राजविराज भन्सार कायार्नलयबाट राजस्व चुहावट हुन थालेपछि नेपाल –भारत सिमामा निकासी पैठारीको चेक जाचमा कडाई गरिएको छ , 

लक्ष्य अनुसारको राज्य संकलन नहुदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सिमाबर्ती क्षेत्रमा निगरानी बढाईएको सशस्त्र बेस क्याम्प तिलाठिले जनाएको छ ।
भन्सार राजश्व संकलनको हिसाबले राजविराज भन्सारकार्यालयले अहिले सम्म लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन ।
आव २०७४÷७५ का लागि वार्षिक ८ करोड ६९ लाख ३६ हजार लक्ष्य लिएको राजविराज तिलाठी भन्सार कार्यालयले गत साउनदेखि माघ मसान्तसम्म तथ्यांकअनुसार रु २ करोड ३३ लाख ३७ हजार मात्र राजश्व संकलन गरेको छ ।
यस अवधिमा चार करोड ६९ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको भएपनि करिब दुई करोड ३६ लाख कम राजश्व संकलन भएको छ । यति धेरै कम राजश्व संकलन हुनुमाा भन्सार कार्यालयका लागि खटिएका सुरक्षा कर्मी रहेका कारण हाल सुरक्षकर्मी तथा कर्माचारीहरुले सिमा क्षेत्रमा उच्च निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेस सिंहले बताए ।
जिल्लाको छिन्नमस्ता , पातो , तिलाठी रम्पुरा ,औरही र नर्घो भन्सारको मुख्य नाका, रहेको छ । तिनाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीले उच्च निगरानी गरिरहेको जनाएको छ । यस नाकाहरु बाट दैनिक रुपमा मालसमान भन्सार छली निकासी पैठारी गरेपछी राजश्व चुहाबट भईरहेको कारण लक्ष्य अनुसार राज्यव संकलन हुन नुकेको प्रमुख भन्सार अधिकृत रामराज प्रसाद चौरसीयाल बताए ।
सीमा क्षेत्रबाट अवैध रुपमा स्पेयर पार्ट, कपडा, खाद्यान्न पदार्थ, कुखुराको चल्ला, सिमेन्ट, खानेतेल, चिनी लगायतका सामान भित्रँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको