राजविराज– लागू औषधसहित धनुषाका एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
भारतीय क्षेत्रबाट लागू औषध बोकेर आउँदै गरेका जनकपुर नगरपालिका १३ का १८ वर्षीय मिथलेश ठाकुरलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ बाट पक्राउ गरिएको हो।
प्रहरीलाई देखेपछि शंकास्पद गतिविधि गर्न थालेपछि उनको झोला चेकजाँच गर्दा, नाइट्राभेट १ सय ५० ट्याबलेट, डाइजाल्याप ५० एम्पुल, फेनारगन ४९ एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ।
ठाकुरलाई लागू औषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







