राजविराज । जगदम्बा मोटर्स प्राली टिभिएस मोटर कम्पनीका दुई नयाँ मोडलको शुक्रबार राजविराजमा लञ्च गरिएको छ ।
आधिकारिक विक्रेता आराध्या एके अटोमोबाईल्स प्राली राजविराज–३ कञ्चनरुपुर रोडमा आयोजित एक कार्यक्रमका बिच टिभिएस अपाचे आर.टि.आर.१६० २भी र टिभिएस राईडर आईजिओ मोडलको लञ्च गरिएको हो । लञ्च गरिएको टिभिएस अपाचे आर.टि.आर. १५९.७ सिसि एफआई इन्जिन रहेको, करिब ५० किलो मिटर प्रतिलिटर सम्मको दक्षता भएको, एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन रहेको लञ्चका अवसरमा जानकारी दिएको छ ।
यसैगरी टिभिएस राईडर आईजिओ नयाँ पुस्ताका राईडरहरुलाई लक्षित गर्दै ल्याएको, १२५ सिसि इन्जिन, पावर र माइलेज दुबैमा उत्कृष्ट रहेको आराध्या एके अटोमोबाईल्स प्रालीका प्रोप्राइटर शैलेन्द्र कुमार साहले जानकारी दिएका छन् । उनले यी दुवै मोडलहरुले टिभिएस ब्राण्डको नवप्रवर्तन, गुणस्तर र ग्राहक प्रतिको प्रतिबद्धततालाई अझ मजबुत बनाउने दाबी गरेका छन् ।







