राजविराज । सप्तरी प्रशासनले ठूलो स्वरमा बाजा तथा डिजे बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार जारी गरिएको सूचनामा भनिएको छ । प्रशासनले सप्तरीमा विवाह, चाडपर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमका अवसरमा ठूलो स्वरमा डिजे र बाजा बजाउँदै आएको कारण यस्तो आग्रह गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामा सार्वजनिक बाटो तथा बस्ती क्षेत्रमा ठूलो आवाजमा डिजे तथा बाजा बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै मानवीय स्वास्थ्य, अध्ययन तथा शान्त वातावरणमा नकारात्मक असर परेको सूचनामा भनिएको छ ।
उनले विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रमहरू गर्दा अरू व्यक्तिलाई असर नपर्ने गरी आफ्नै घर वा कार्यक्रमस्थल भित्र सीमित राखेर शान्तिपूर्ण रूपमा बाजा र डिजे प्रयोग गर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको