काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल ग्राहस्थ उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको तर्क गरेका छन् ।
बजेट सार्वजनिक भएपछि आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गदै वाग्लेले बाहिर भनिएजस्तै र हल्ला गरिएजस्तै बजेट महत्त्वाकांक्षी र ठूलो आकारको नआएको दाबी गरेका हुन्।
उनले भने- ‘मेरो भित्रि मनदेखिको चाहना ठूलो आकारको बजेट ल्याउने हुँदै होइन । भूकम्प, कोरोनाअघि जुन आकारमा बजेट बन्ने गरेका थिए, सोही सानो आकारमा बजेट ल्याउने चाहना थियो । तर, यसो भन्दैगर्दा अहिलेको बजेट ठूलो छैन।’
यसअघि जीडीपीको तुलनामा औसत २५ देखि ३० प्रतिशतको आकारमा वार्षिक बजेट बन्ने गरेकोमा आफूले ३० प्रतिशत तलकै प्रतिशतमा बजेट ल्याएको उनले बताए ।
‘बजेट प्रक्षेपित जीडीपीको तुलनामा जम्मा २८.५ प्रतिशतमा आएको छ । हाम्रो प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्ब रुपैयाँ बराबर रहेको छ । सोही अवसरमा उनले बजेटअघि नै सञ्चारमाध्ययमहरूमा सरकारले २५ खर्बको बजेट ल्याउँदै छ भनेर हल्ला मच्चाएको भन्दै सरकारमाथि अस्वाभाविक दबाब दिन खोजिएको बताए,’ वाग्लेले थप भने।
तर, २१ खर्बको बजेट समय र आवश्यकतालाई हेरेर ल्याइएको उनले बताए ।
साथै उनले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको