काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पदाधिकारीमा आफ्नो दाबी स्वाभाविक भएको बताएका छन्।
सोमबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले पदाधिकारीमा अपेक्षा राख्नु स्वाभाविक भएको बताएका हुन् ।
सोही क्रममा झाले आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताए ।
उनले सञ्चारकर्मीहरूसँग भने- ‘परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु । आजकै व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ ।’
आफूले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको उनको भनाई थियो ।
आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ । भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको