काठमाण्डौ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमवारको बैठकले पुननिर्माणको कामलाई आगामी दिनमा थप तिब्रता दिन पहिलो किस्ताको रकम असोज २० गते भित्र सबै पीडितलाई वितरण गरिसक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको बैठकले प्राधिकरणको तर्फबाट प्रस्तुुत बजेट तथा कार्यक्रमलाई थप छलफल गरी पारित गर्ने र प्राधिकरणको संरचनालाई जिल्लास्तरमा विस्तार गर्ने निर्णय गरेको छ ।
बैठकले प्राधिकरणको संगठन संरचनाका वारेमा सामान्य प्रशासन मन्त्रालय र बजेटका वारेमा योजना आयोग तथा अर्थमन्त्रालयसंग थप छलफल गरी टुड.गो लगाउने निर्णय पनि गरेको छ । बैठकले ३ लाख रुपैया पीडित जनतालाई वितरण गर्ने कार्यातालिका पनि निर्माण गरेको राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले जानकारी दिए ।
संचार कर्मीहरुसंग कुरागर्दै बैठकमा सहभागि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पुर्न्निर्माणको कामलाईलाई तिब्र बनाउन कर्मचारीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि बढाउने र जनतालाई उपलब्ध गराउने पहिलो किस्ताको रकम असोज २० गते भित्रमा पु¥याउने निर्णय भएको जानकारी दिए । उनले पुर्न्निर्माणको काममा राष्ट्र सम्पूर्णरुपमा एकातावद्ध भएर अघि बढाउन आवश्यक भएकोमा आफनो दलको तर्फबाट जोड दिएको पनि जानकारी दिए । त्यसै गरी बैठकले एकीकृत वस्ती विकास कार्यक्रम, जिविकोपार्जन कार्यक्रम विद्यालय पुर्न्निर्माण कार्यक्रम, विभिन्न १७ जिल्लामा आवश्यक सर्वेक्षण गर्ने कामलाई अघि बढाउने, कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गर्ने लगायतका विषयमा पनि बैठकको क्रममा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost