वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३–८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९।७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४।५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको