राजविराज,। बिद्युत हुकिङ नियन्त्रण अभियानमा खटिएका नेपाल बिद्युत प्राधिकरण राजविराजका एक कर्मचारीमाथि दुब्यवहार गर्दै कुटपिट गरेका छन ।
विद्युत चुहावट अभियानलाई नियन्तरता दिदै नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले शुक्रवार सप्तरीको डिवनमा चोरी नियन्त्रण गर्न गएका बिद्युत प्राधिकरण राजविराजका इलेकट्रिकल बिभागमा कार्यरत अन्नतलाल मण्डलमाथी स्थानिय जिवछ साह र मनोज यादवसहितका ब्यक्तिले कुटपिट गरेको टोलीमा सहभागी एक व्यक्तिले बताएका छन् ।
साथै जिल्लाको भगवतपुर, सडेपार, सकरपुरा, मझोरा, र बनोली हुदै डिमनमा बिद्युत हुकिंग गर्ने क्रममा समातिएका नौ जना र तीन थान मोटर, २ थान सिलाई कटाइको मेसिन लगायतका समान समेत खोसिएको स्रोतले जानकारी दिए ।
यसैबिच नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले कुटपिट गर्ने माथी कार्वाहीको माँग गरेको छ ।
केही दिन यता सप्तरी जिल्लामा ब्यापक बिद्युत चुहावट भइरहेको भन्दै नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्तरुपमा अनुगमनलाई तिव्रता दिदै आएको छ । सो सम्बन्धमा विद्युत प्राधिकरण प्रमुख रामउदगार साह सँग पटक पटक टेलिफोन सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा आउन चाहेनन भने सप्तरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले उक्त घटनामा आफुले पाएको जानकारी अनुसार प्रहरीको संख्या कम रहेको तथा उक्त टोली समेत घटना स्थल भन्दा टाढा रहेको हुँदा उक्त घटना घटन गएको बताउँदै प्राधिकरणले आधिकारीक रुपमा जानकारी गराए २४ घण्टा भित्रै ति व्यक्तिहरु प्रहरी नियन्त्रणमा रहने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको