काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

उनीमाथि बलात्कारको गम्भीर आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।

अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत लम्सालमाथि आफूलाई अमेरिकामै बलात्कार गरेको आरोप सार्वजनिक गरेकी थिइन् ।

सोही आरोपका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको