काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नेपाली सेनाको प्रयोगप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
मन्त्री तथा राजनीतिक नेताहरूको व्यक्तिगत सुरक्षामा सेनालाई खटाउने र गाडीको ढोका खोल्ने जस्ता कार्यमा लगाउने प्रचलनलाई उनले “दुर्भाग्यपूर्ण” बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद साम्पाङले नेपाली सेनाको मुख्य जिम्मेवारी देशको सिमाना सुरक्षा र राष्ट्रिय हितको संरक्षण भएको उल्लेख गरे।
उनले सेनालाई त्यसबाट विचलित गराएर अनावश्यक कार्यमा लगाइनु गलत भएको तर्क राखे ।
“देशको सिमानामा खटाइनु पर्ने र सीमा रक्षक बनाइनु पर्ने नेपाली सेनालाई मन्त्री र नेताहरूको सुरक्षामा खटाइनु, गाडीको ढोका खोल्ने काममा लगाइनु दुर्भाग्य हो,” उनले लेखेका छन्।







