काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार सक्रिय रहेको बताएका छन् ।
शनिबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको सक्रिय रहेको बताएका हुन ।
उनले भने- ‘हामी सबै राष्ट्रहरुसँग सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सक्रिय छौँ ।’
यसैगरी कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि प्रहरी समुदायसँग सहकार्य गर्दै अघि बढिरहेको बताए ।







