काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले कुनै पनि गुटमा रहेको दाबी अस्वीकार गर्दै आफू पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।

संस्थापन इतर समूहमा रहेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला उनले त्यस्तो दाबी अस्वीकार गर्दै आफू पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।

कोइरालाले आफू संस्थापन इतर समूहमा रहेको भन्ने समाचारहरू प्रचारप्रति आपत्ति जनाए ।

‘म कुनै ग्रुपमा छैन, मेरो लक्ष्य पार्टीलाई एक ठाउँमा ल्याउनु हो, ‘उनले भने ।

उनले आफ्नो एकमात्र लक्ष्य कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पुनः पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नु रहेको बताए।

उनले थप भने- ‘अहिले मलाई के लाग्छ भने यसपालिको निर्वाचनले जो हामी पराजित भयौँ, स्वइङ भोट भएको छ। भोट सिफ्ट भएको छैन। फरक छ स्वइङ भोट र सिफ्ट भोटमा। यसपालिको भोट स्वइङ मात्रै भएको छ । अब सिफ्ट हुन चाहीँ हामीले नदिऔँ।’

कोइरालाले मतदाताले पार्टी नछोडेको तर मत मात्र फेरेको दाबी गर्दै अब मत सिफ्ट हुन दिनु नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको