काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार जनअपेक्षा अनुसार कार्यसम्पादनमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।
शुक्रबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँगको संवादका क्रममा उनले सरकार र दल दुवैले नागरिकको अपेक्षा र म्यान्डेटलाई प्राथमिकतामा राखेर अघि बढ्को स्पष्ट पारेका हुन्।
प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकले परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको उनले बताए।
सिंहले भने- ‘पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ ।
हाम्रो सरकारले कुनैपनि किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैंन ।’
जनताबाट प्राप्त समर्थनलाई परिणाममुखी काममा रूपान्तरण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
उनले शासन सञ्चालनमा पारदर्शिता र जवाफदेहितालाई जोड दिँदै कुनै पनि प्रकारको भ्रष्टाचार वा अव्यवस्थालाई सहन नगर्ने नीति अवलम्बन गरिएको उल्लेख गरे।
साथै सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको