राजविराज । नेपाली काँग्रेसको १३ महाधिवेशनको एक वर्ष वित्न नपाउँदै सप्तरी काँग्रेसमा भएको गुट उपगुटको राजनैतिकका कारण जिल्लाको क्षेत्र नं. ५ सभापति माथि लगाइएको अविश्वास प्रस्तावमा नक्कली हस्ताक्षर समेत गरिएको खुलासा भएको छ ।
जिल्लाका क्षेत्र नं. ५का क्षेत्रीय सभापति किरण कुमार भगतमाथि लगाइएको अविश्वास प्रस्तावमा रहेको हस्ताक्षर नै आफ्नो नरहेको बताउँदै क्षेत्र नं. ५का दर्जनौ प्रतिनिधि तथा गाविसका बुथ कमिटिका अध्यक्षहरुले गुनासो पोखेका छन् ।
आफु तथा आफ्नी छोरी बिरामी रहेको, तथा आफुले उक्त अविश्वास प्रस्तावमा ही नै नगरेको सप्तरी निर्वाचन क्षेत्र नं. ५ का काँग्रेस क्षेत्रीय प्रतिनिधि राम प्रसाद साह बताउँछन् ।
यसैगरी, अर्का क्षेत्रीय प्रतिनिधि सत्य नारायण साह उक्त बैठकमै नगएतापनि साहको अविश्वास प्रस्तावको क्रम संख्या २७ नम्बरमा नक्कली सही गरिएको पाइएको छ ।
यता, गाविस पन्सेराका गाविसका काँग्रेस पार्टीका सभापति मोहमद मक्कीको समेत क्रम संख्या २८ मा सही गरिएको स्पष्ट रहेको छ ।यद्यपी, मक्कीले आफुले सही नगरेको बताएका छन् ।
सभापति भगतले निर्वाचित भएको मिति देखि हालसम्म पार्टीको संगठन सुदृढिकरण हुने कुनै कार्य नगरेको निज भगतको क्रियाकलापले संगठन दिन प्रतिदिन कमजोर हुनुका साथै पार्टीको अस्तित्व समेत समाप्त हुन सक्ने सम्भावना रहेकोले सभापति भगत पदको दायित्व निर्वाह गर्न योग्य नरहेको जनाउँदै कुल १६७ प्रतिनिधि रहेको उक्त क्षेत्रका ७१ जना प्रतिनिधि हस्ताक्षरित अविश्वासको प्रस्ताव बिहीबार दर्ता गरिएको थियो ।
सो सम्बन्धमा क्षेत्रीय सभापति भगतले संगठन कमजोर बनाउन तथा नेतालाई बदनाम गर्ने नियतले यस्तो क्रियाकलाप गर्नेलाई अबिलम्ब छानबिन पार्टीको विधान अनुरुप कारबाहीको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको