वीरगंज–सदभावना पार्टीका केन्द्रिय सदस्य एवं सांसद बिमल केडियाले संविधान संशोधन नभए सम्म देशले निकास नपाउने बताएका छन् ।
सदभावना पार्टी वीरगंज नगर कार्य समितीले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सांसद केडियाले संविधान संशोधन नभए सम्म कार्यान्वयन पनि नहुने बताए ।
संविधान संशोधनका पक्षमा नेकपा एमाले बाहेक अन्य राजनितीक दलहरु लचिलो र गम्भिर रहेको उल्लेख गर्दै उनले मधेसको माँग पुरा नभए देशले निकास वा गति नलिने धारणा राखे ।
ठुला दलहरु मधेश प्रति ईमान्दार नभए आउने दिनमा मधेशबाट समाप्त हुने उनको भनाई थियो ।
केडियाले मधेशको जनताको भावना अनुरुप मधेशवादी दलहरु मिल्नुको विकल्प नरहेको र जनताको पनि त्यहि भावना रहेकोले सदभावना र तमलोपा एकिकरण हुन लागेको बताए ।
सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।