राजविराज । सप्तरीमा ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समितिले ५वटा खाने पानी टयाङ्क निमार्ण गर्ने भएको छ ।
राष्ट्रिय जनकल्याण परिषद् कंचनपुर सप्तरीको अगुवाईमा सो खानेपानी टयाङ्क निमार्ण गर्न लागेको हो ।
पुर्ण सरसफाई कार्यक्रम अन्तरतग जिल्लाको बभनगामाकट्टीमा रामजानकी खानेपानी परियोजना , मंसादेवी खानेपानी परियोजना , मधवापुरमा तपेश्वरनाथ खानेपानी परियोजना , बसपिट्टीमा राधाकृष्ण खानेपानी परियोजना र गोइठीमा डिहवार खानेपानी परियोजना बन्न लागेको जनकल्याण परिषद्का अध्यक्ष भोला राउतले जानकारी दिए ।
जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र निमार्ण गर्न लागेको बेला , जनकल्याण परिषद् द्धारा संचालित पुर्ण सरसफाई कार्यक्रम प्रभावकारिता बनाउन लागिपरेको अध्यक्ष राउतको कथन छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको सहयोमा हाल सम्म जिल्लामा रहेका विभिन्न संघ संस्थाले ३५ वटा गाविसलाई खुल्ला दिशामुक्त घोषणा गरी सहेको डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले जानकारी दिए । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति सहयोगमा भिन्न गाविसमा निमार्ण गर्न लागेको खानेपानी टयाङ्क बाट सरसफाईमा पुर्ण रुपले सहयोग हुने र यसलाई निरनतरता दिन आफुहरु सहयोगीको भुमिका खेल्ने प्रमूख यादवले बताए । सरसफाईका लागि होसिएका जिल्ला बासीहरुले विभन्न गाउँ र नगरको सरसफाई गरी रहेको युवा सरसफाई समितिका संयोजक मोहन यादवले जानकारी दिए ।
सरसफाईका लागि राष्ट्रिय जनकल्याण परिषद्ले सरसफाई स्वच्छता समुह, आमा बच्चा घारा समुह, विद्यालय पुर्ण सरसफाई समिति , सरसफाई जागरण समिति गठन गरी सरसफाई कार्यक्रमलाई अगाडी बढाईरहेको जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost