परिष कर्ण

राजविराज । राजविराज उच्च अदालत बार एशोसिएसनको निर्वाचनमा बलराम सिंह अध्यक्षमा निर्वाचित भएका छन्। सम्पन्न मतगणनामा सिंहले ११८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। अध्यक्ष पदका अन्य उम्मेदवार नविन सिंहले ७१ र देवबहादुर कटुवालले ७ मत प्राप्त गरे। यस्तै, उपाध्यक्षमा १०० मतसहित बिनोद कुमार पाण्डे निर्वाचित भए। उनका प्रतिस्पर्धी उमाशंकर देवले ९५ मत पाए। सचिव पदमा पार्वती कुमारी जोशी थारु १११ मतसहित विजयी भएकी छन्। उनका प्रतिस्पर्धी रामकुमार यादवले ८५ मत प्राप्त गरे। सहसचिवमा अस्मिता थापा १०७ मतसहित विजयी हुँदा सुनिता कुमारी दासले ८५ मत पाइन्।

कोषाध्यक्ष पदमा भने भोगीलाल यादव र उपेन्द्र यादवले समान ९४–९४ मत प्राप्त गरेपछि गोलाप्रथाबाट भोगीलाल यादव विजयी भएका छन्।

सदस्यतर्फ

सदस्य पदमा दिलिप कुमार यादव ११०, सतीश कुमार दत्त १०३, बालकृष्ण कार्की १०१, दिनेश कुमार सिंह १०१, सुरेन्द्र प्रसाद यादव १००, सन्तोष कुमार चौधरी ९९, डा. शिव नारायण यादव ९७ र राम नारायण चौधरी ९५ मतसहित निर्वाचित भएका छन्।

त्यसैगरी राम प्रसाद यादव र राज कुमार साहले समान ९०, वि.पी. कोइरालाले ८७, भागवत यादवले ८६, मिथिलेश चन्द्र लाभले ८५, प्रकाश कुमार यादवले ८४ र संजीव कुमार यादवले ७२ मत प्राप्त गरेका छन्।

केन्द्रीय पार्षदतर्फ

केन्द्रीय पार्षद पदमा अशोक कुमार झा १३७ मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्। नारायण प्रसाद साहले १३०, मनोज देवले ११९, बालकृष्ण ढुङ्गानाले ११५, सुधा देवले १०९, डा. देव नारायण यादवले १०८, श्याम कुमार पोखरेलले १०१, सत्य नारायण साहले ९४ र अजय कुमार चौधरीले ९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

निर्वाचनको मतगणनामा कौशल किशोर दत्तले ८८, गिरेन्द्र प्रसाद यादवले ८७, श्यामकान्त चौधरीले ८६, डा. सन्तोष कुमार चमनले ८१, बलबिर चौधरी वैश्यले ७८, नित्यदेव प्रसाद यादवले ७७ र गुन्जेश्वर प्रसाद यादवले ७६ मत प्राप्त गरेका छन्।

निर्वाचनको सम्पूर्ण परिणामपछि राजविराज उच्च अदालत बार एशोसिएसनको नयाँ नेतृत्वमा बलराम सिंह नेतृत्वको कार्यसमिति आउने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको