राजविराज । सप्तरी जिल्लामा चालू आर्थिक वर्षमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण, र मर्मतका नाममा ३७ करोड रुपैयाँ खर्च भएको छ ।

तर गुन्तरिय काम नहुदा बाढीका कारण जिल्लाका एकहजार पाँचसय घर डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार जिल्लामा निर्माण भएका अधिकांस बाध भत्केको छ ।
बाढी नियन्त्रनका लागि बर्षेनी करौंडौ लगानी गरेपनि बालुबामा पानी हाले जस्तै भएको स्थानियहरुले गुनासो गरेको छ । फर्म तथा उपभोक्ता संग सम्झौतामा भए अनुसार काम नहुदा बाढीको प्रभाबले जिल्लमा बढी क्षति भएको स्थानिय बुद्धीजिवीहरुको भनाई छ ।
जिल्लामा यस वर्ष खाडो नदी नियन्त्रणका लागि १५ करोड रुपैयाँ खर्च भएको खाडो नदी नियन्त्रण आयोजनाका प्रमुख अखलाक सिद्धिकीले जानकारी दिए । उनका अनुसार खाडो नदीको दुईतर्फ ५० किलोमिटर बाँधमध्ये यसवर्ष २५ किलोमिटर बाँधको निर्माण पूरा भएको छ । खाडोले सबभन्दा बढी क्षति गर्ने तिलाठीमा स्थानिको अबरोधका कराण अझै बाँध बनाउन सकिएको छैन ।

बाघ बनाउने ठाउँमा स्थानीयहरुको निजि जग्गा परेको मुबाजा माग गरेकाले समयममा बाध बाधन नसकिएको सिद्धिकीले बताए ।

करोडौ रुपैयाँ खर्च गरेर बनाइएको खाडोको बाँधमा शुक्रबार राती आउको बढीले एकदर्जन भन्दा बढी स्थानमा कटान गरेको छ । मलेठ, डुमरी शिवथान र रायपुरको पौवाटोल स्थित खाडोको बाढीले बाँध नै भत्काएको छ ।
त्यस्तै लौनिया, विषहरिया, दिगवा, तोपालगायत विभिन्न स्थानमा गरी ६ सय १० मिटर तटबन्ध शुत्रबार राती आएको बाढीले कटान गरेको आयोजना प्रमुख सिद्धिकीले जानकार िदिए । बाढीले तटबन्ध सुरक्षार्थ नदीमा लगाइएको ७ सय २० वटा प्रोकोपाइन समेत बगाएको उनले जानकारी दिए । खाडो खोलाको तटबन्ध निर्माणका लापरबाही गरिएको पीडित क्षेत्रका स्थानीयको गुनासो छ । सम्झौतामा उल्ले भए अनुसार खाडो बाँध बनाउदा २० सेन्टी मिटिरमा रेलिङ्ग चलाए पानी पटाउनु पर्ने उल्लेख भए पनि त्यस्तो न भएको स्रोतको दावी छ । यस सन्दैभमा सद्धिकी संग प्रतिक्रिया लिदा बाध बनाउदा ट्रयाक्टर आवत जाबत गरेकोले रेलिङ्ग चलाने आबश्यकता नभएको प्रतिक्रिया दिए । बाँध बनाउदा रेलिङ्ग चलाउन र पानीको फोहरा हाल्न समेत सझौमामा उललेख भउको पाईन्छ ।

खाडो खोलाको पूर्वी र पश्चिमी तटबन्धअन्तर्गत यस वर्ष निर्माण भएको बाँध बालुवाको मात्र भएकाले सामान्य बाढी आउँदा पनि बगाउने गरेको स्थानीयको गुनासो छ । खाडो खोलामा मात्र होइन् सप्तरीमा अन्य खोलाको नियन्त्रणका नाममा पनि करौडौ रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको