
लमजुङ र कास्की जोड्ने रुदी दोभानको पूल भाँचिएपछिको बस दुर्घटनामा कम्तीमा २५ जना घाइते भएका छन् ।
एकजनालाई खोलाले बगाएको र २ जना बसले चेपिएको अवस्थामा रहेको यात्रुहरुले बताएका छन् । ८ जना गम्भीर घाइते भएको बसमा सवार यात्रु तथा उद्धारकार्यमा संलग्नहरुले बताएका छन् ।
बसमा सवार लमजुङको भोर्लेटारका अपिलराज पौडेलका अनुसार पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको मुंग्रेबेंसी भएर लमजुङको पसगाउँफेदी बगैंचा जाँदै गरेको यात्रुबहाक बस बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । उनका अनुसार रुदी र मादी दोभानको रुदीखोला माथिको पूल भाँचिएर ना५ख ६३९५ नं. को यात्रुबहावक बस खोलामा खसेको थियो ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्सपेक्टर राधेश्यामसिंह सैथवारले घटनास्थलमा प्रहरी टोली र एम्बुलेन्स पठाइसकेको जानकारी दिए । घटनास्थलमा टोली खटिसकिएको र विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
घटनाबारे जानकारी पाउनेवित्तिकै उक्त ठाउँ गई उद्धारकार्यमा खटिएका भोर्लेटारका प्रवेश घिमिरेले प्रहरी आइपुगेको र उद्धारकार्यमा खटिएको बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।