राजविराज । खेलकुद् राज्यमन्त्री तेजुलाल चौधरीले लोकतन्त्र बचाउन नेपाली काग्रेसलाई मद्दान गर्नु पर्ने बताउनु भएकोछ ।
शुक्रबार सप्तरीको रुपनीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले जिल्ला विकास निर्माणमा नेपाली काँग्रेसको भुमिका अहम रहेकोले यसलाई जिताउन सबै जनता होमिनु पर्ने बतानु भयो । उहाँले जिल्लामा नेपाली काँगे्रस विजय भए विकासको कामलाई अझ तिब्रताका साथ अगाडी बढाउने बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य लिला सग्रौलाले जनताको स्वतन्त्रता सहितको हक र मधेशी, जनजातीको हक अधिकार नेपाली काँग्रेले दिलाई रहेका कारण जनताले यस पाली मुल्याकंक गर्नु पर्ने बताउनु भयो ।
उहाले समाज उत्थानका लागि बाम गठबन्धन बाधक रहेका ले यसपाली नेपाली काँग्रेसले देश र समाज उत्थान गर्ने प्रतिबद्धता व्यतm गर्नु भयो ।
सो कार्यक्रममा सप्तरी क्षेत्र नमबर– ३ का प्रतिनिधी सभाका उम्मेदबार तथा नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादवले नेपाली काग्रसको वियका लागि जनता लागि परेको बताउनु भयो । उहाँले यस क्षेत्रका विकासका लागि नेपाली काँग्रेसनै जितनु पर्ने बताउनु भयो । उहाँले भन्नु –भयो यो क्षेत्रमा नेपाली काँग्रेस विजय भए पछि कठौना –पातो सडक कालो पत्रे गरिने र रुपनी गाईघाट सडक निर्माणलाई तिब्रता साथ अगाड िबढाउने छु ।
नेपाली काँग्रेसका क्षेत्रीय सभापति राम प्रसाद मंडलको अध्यक्षतामा समपन्न कार्यक्रमा काग्रेसका कार्यलय सचिव भुपेन्द्र यादव , महाधिबेशन प्रििनधी नन्दकिशोर यादव , प्रदेश सभाका उम्मेदबार मो . समिम लगायतले अ–आफनो धारणा व्यक्त गर्नु भएको थयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको