एजेन्सी – जम्मु काश्मीरका जनताहरुले बाइकोट चाइना अभियान सुरु गरेका छन् । उनीहरुले चिनियाँ उत्पादनहरुलाई रोक लगाउन माग गर्दै भारतीय उत्पादनको प्रयोग गर्न आग्रह गर्दै अभियान सुरु गरेका छन् ।
भारतको पूर्वी लद्दाखमा भारत-चीनबीच भएको हिंसात्मक झडपपछि भारतका विभिन्न स्थानमा चिनियाँ उत्पादन बहिष्कार अभियान सञ्चालन भइरहेका छन् । भारतको विस्तारवादी नीतिविपरीत काश्मीरका जनताहरु सडक आएका चिनियाँ उत्पादन बहिष्कार अभियान चलाएका हुन् । उनीहरुले समातेको ब्यानरमा लेखिएको, “बाइकोट चाइना, युज इण्डियन प्रोडक्ट’, लेट्स बिल्ड आवर नेशन’ छ ।
त्यसैगरी जम्मु क्षेत्रमा पनि मानिसहरु चिनियाँ उत्पादनका सामग्री प्रयोग नगर्न भन्दै सडकमा आएका छन् । उनीहरुले प्रधानमन्त्रीले सुरु गरेको अभियानको आफ्नो पति समर्थन रहेको जनाएका छन् ।
“चीनले जहिले पनि हामीमाथि गलत गरिरहेको छ र हामीलाई धोका दिँदै आएको छ । हाम्रो भारत सरकारको निर्देशन अनुसार चिनियाँ सामग्री बहिष्कारको अभियानमा छौं ।हामी हरेक कुरा भारतीय उत्पादन नै प्रयोग गर्न चाहन्छौं,” जम्मुको रघुनाथ बजारका प्रमुख सुरिन्द्र महाजनले भने ।
उनले भने, “चिनियाँ सामग्री प्रतिबन्ध गर्नु राम्रो काम हो । चीनले हामीलाई धोका दिएको छ । चीन मित्रराष्ट्रको योग्य छैन र बहिष्कारको योग्य छ ।”
https://abpnepal.net/j-k-joins-boycott-china-campaign/







