जनकपुरधाम । धनुषामा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिका –५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए ।
ठक्करबाट मिथिला नगरपालिकाका २४ वर्षीय दिपेन्द्र महतो र २० वर्षीय का रोशन लामा घाइते भएका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको छ, भने घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
मोटरसाइललाई ठक्कर दिएर फरार भएको स्कारपियो गाडी धनुषा प्रहरीले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।







