बारा । बाराको महागढिमाई नगरपालिका वडा नम्वर १ मा एक महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
महागढिमाई नगरपालिका वडा नम्बर १ स्थित बस्ने बैझनाथ प्रसाद कुश्बाहाको ४५ बर्षिय श्रिमति कान्ति देबि कुश्वाहालाई अज्ञात समुहले आइतवार राति अन्दाजी १० बजेको समयमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले भने घटनाको बरेमा थप अनुसंधान भईरहेको छ । विहानैदेखि घटनास्थलमा तालिमप्राप्त कुकुरको टोली सहित प्रहरी अनुसन्धानमा जुटेको उनले बताए ।







