ललिता साह
भक्तपुर ।क्षति न्यूनीकरण परियोजना अन्तर्गत भक्तपुरमा लागू औषध दुर्व्यसनीमा फसेका युवाहरूलाई उपचार प्रयोजनमा प्रयोग गरिने मेथाडोन हाइड्रोक्लोराइडको १ लिटरको ८१ थान खाली बट्टा आभाष समूहले नष्ट गरेको छ।
स्थानीय जनप्रतिनिधि प्रहरी , पत्रकार तथा स्वास्थ्य सेवा विभागको प्रतिनिधिको उपस्थितिमा दुई वर्षको अवधिमा प्रयोग गरिसकेका उक्त औषधिका बट्टाहरू सृजनानगर स्थित समुहको आफ्नै कार्यालय शुक्रवार नष्ट गरिएको आभास समूह भक्तपुर स्थित कार्यालयका प्रमुख क्षितिज बस्नेतले जानकारी दिए ।
अशिक्षा , खराव संगत ,पारिवारिक तनाव लगायत विभिन्न कारणले लागु औषधको लतमा फसेका युवाहरूलाई कुलतको दलदलबाट निकालेर सामान्य जीवनतर्फ डोर्याउने उद्देश्यले ग्लोवल फन्ट तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ११ वर्षदेखि आभास समूहले भक्तपुर जिल्लाभरि काम गर्दै आएका छन् ।
नेपालमा मेथाडोन हाइड्रोक्लोराइड सामान्य तवरले विक्रिवितरण गर्न पाईदैन । निश्चित उद्देश्यको लागि यो प्रतिवन्धित औषधी नेपाल सरकार स्वास्थ्य विभागद्वारा नै खरिद गरी परियोजना चलाउने ललितपुरको पाटन मेन्टल विभाग र आभाष समूह जस्ता आधिकारिकता पाएका संस्थाहरू मार्फत त्यस्ता नागरिकको पहुँचमा पुर्याउने गरेको देखिन्छ ।
यो औषधी लागू औषधको एन्टिडोज नभई त्यस्तै प्रकारको कम्पोजिसन हो । जसले प्रयोगकर्ताको जीवनमा थप क्षति हुन नदिई विस्तारै कुलत छोडाउछ र सामान्य जीवनतर्फ फर्काउँछ ।आभास समूहबाट सेवा लिएका त्यस्ता थुप्रै युवाहरू निको भएका उदाहरणहरु रहेको संस्थाका कर्मचारी राजकुमार साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको