विनय कर्ण
राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य विमाको दायरा बढाएर पाँच लाख पुर्याउने तयारी गरिरहेको बताएका छन् ।
राजविराज स्थित रामराजा स्थास्थ विज्ञान प्रतिष्ठान निर्मणस्थल तथा गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार निरीक्षण पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य विमाको दायरा हाल एकलाख रहेकोमा त्यसलाई बढाएर पाँच लाख पुर्याउने तयारी भईरहेको बताए ।
राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेपनि २०४८ सालपछि दरबन्दी थप नगरिएका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भईरहेको उल्लेख गरे ।
स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन दरबन्दी थपेर  अस्पतालमाहरुमा आवश्यकता अनुसारको पदपुर्ति गरिने उनले जानकारी दिए ।
चिकित्सकको काम मानवीय कार्य पनि भएका कारण सेवाभावका साथ काम गर्न गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिदै मन्त्री पौडेलले सरकार चिकित्सकको सुरक्षा तथा सेवा थप गर्न तयार रहे पनि उपचारमा कमी भए कारवाही गर्न पनि पछि नपर्ने स्पष्ट पारे ।
कुनै पनि बहानामा उपचार सेवा रोक्न नमिल्ने बताउँदै ‘अस्पतालको फार्मेसीमा कुनै पनि औषधि छैन भन्न मिल्दैन ।  अस्पतालको फार्मसीमा औषधी छैन भन्नु अपराध हो, त्यसो भनिए कारवाही गरिने छ’ उनले भने ।
अस्पतालका सिटिस्क्यान, एमआरआई जस्ता सेवा बिग्रेको बहानामा थन्क्याएर राख्न नमिल्ने भन्दै उनले अस्पतालका डाक्टरले पनि विहान नौ देखि चार बजेसम्म विरामी भए पनि नभए पनि अस्पतालमै समय दिन जरुरी रहेको बताए ।  ‘अस्पतालको एमआरआई,सिटिस्क्यान बिग्रेपनि सरकारी अस्पतालकै दररेटमा प्राईभेट अस्पतालमा चेकजाँचको व्यवस्था मिलाईनु पर्ने हो’ मन्त्री पौडेलले भने ।
यसैबीच मन्त्री पौडेललाई अस्पताल सुधार  र प्रतिष्ठान निर्माणका लागी तत्काल चाल्नु पर्ने आवश्यक कदमबारे सप्तरीका राजनितीक दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक कुमार मण्डल (अमर) ले एक ज्ञापन पत्र समेत बुझाएका छन् ।
कार्यक्रममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीका अध्यक्ष प्रा.डा.पशुपती चौधरी तथा गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.श्रीराम तिवारीले क्रमशः प्रतिष्ठान र अस्पतालको अवस्थाबारे मन्त्री पौडेल जानकारी गराएका थिए ।
मन्त्री पौडेल  मंगलवार नै राजविराज स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा प्रेस युनियनद्वारा आयाजित पत्रकार सम्मेलन तथा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित साह धर्मशालामा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागी भएको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको