नयाँ दिल्ली । इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज २७२ भारतीय र तीन नेपाली नागरिकलाई दिल्ली ल्याइपुर्‍याइएको हो।

रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्धु’अन्तर्गत उनीहरूलाई इरानबाद्ध उद्धार गरी ल्याइएको जानकारी दिएका हुन्।

अहिलेसम्म ३ हजार ४२६ भारतीयलाई इरानबाट निकालिएको उनले बताए।

तर आज ल्याइएका नेपालीका विषयमा उनले विस्तृत जानकारी दिइसकेका छैनन्।

इजरायल र इरानबीच लडाइँ सुरु भएपछि ती देशमा रहेका विभिन्न देशका नागरिक जोखिममा परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको