राजविराज । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले आज जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएका छन्।
गौरिबहादुर कार्कीको नेतृत्वमा बनेको कार्की आयोगको सिफारिमा शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेका थिए ।
ओलीलाई प्रतिशोध साध्न पक्राउ गरिएको भन्दै उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।







