काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता र कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन अपिल गरेका छन् ।
पौडेलले देशका हरेक संकटमा कांग्रेस सधैं एकताबद्ध रहँदै आएको स्मरण गराउँदै विगतमा हासिल गरेका ऐतिहासिक सफलताहरू पनि एकताकै बलमा सम्भव भएको बताए ।
उनले सामाजिक सञ्जालमार्फत जारी सन्देशमा भनेका छन्, ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुँदैन। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा भन्दैछु, हामी सबै एकजुट होऔँ।’
पौडेलले एकतामा नै शक्ति रहेको उल्लेख गर्दै यसैको बलमा कांग्रेसले फेरि उज्यालो भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
उनले सबै नेता र कार्यकर्तालाई पार्टी हितका लागि आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
यो अपिल कांग्रेसको संस्थापनइतर समूह (शेरबहादुर देउवा र शेखर कोइराला) नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकअघि आएको हो।
बैठक आज ११ बजे तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का को अध्यक्षतामा धुम्बाराहीमा बस्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको