काठमाडौं । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ, पीभीएसएम, युवाईएसएम, एभीएसएम नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ।

नेपाल आगमनसँगै जनरल सेठलाई नेपाली सेनाका वरिष्ठ अधिकारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरूले स्वागत गर्नुभएको छ।

भारतीय सेनाध्यक्षको यो भ्रमण भारत र नेपालबीच लामो समयदेखि कायम रहेको विशिष्ट रक्षा साझेदारीलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा दुई देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने विशिष्ट तथा ऐतिहासिक परम्परालाई निरन्तरता दिइनेछ। नेपाल र भारतबीचको असाधारण सैन्य सम्बन्धको प्रतीकका रूपमा यस परम्परालाई लिइन्छ।

काठमाडौं आइपुगेपछि जनरल धीरज सेठले नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध तथा रक्षा सहकार्यका विषयमा छलफल गर्नुभएको छ।

भ्रमणका क्रममा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने तथा रक्षा र सुरक्षाका विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणले दुई देशका सेनाबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्ध, उच्चस्तरीय सैन्य सम्पर्क तथा पारस्परिक सहकार्यलाई थप गति दिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको