काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।

तीन दिनसम्म चलेको समूहको सम्मेलनले धर्मसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्दै सनातन धर्मको संरक्षण र प्रवर्द्धनलाई राष्ट्रिय पहिचानसँग जोड्ने प्रस्ताव पारित गरेको हो।

यसअघि नेपाली कांग्रेसले धर्मका विषयमा मुख्यतः धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राख्दै आएको थियो। तर, देउवा समूहको सम्मेलनबाट सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय औपचारिक रूपमा उठाइएको छ।

सम्मेलनबाट पारित प्रस्तावमा भनिएको छ, “नेपालको सनातनदेखि चली आएको धर्म–संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै चलिआएका हिन्दु, बौद्ध, किरात र प्रकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछौँ।”

प्रस्तावमा धार्मिक स्वतन्त्रता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कायम राख्दै नेपालमा परम्परादेखि अभ्यास हुँदै आएका विभिन्न धर्म तथा संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

यस निर्णयसँगै कांग्रेसभित्र धर्म र राष्ट्रिय पहिचानको विषयमा नयाँ बहस सुरु हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको