काठमाडौं । नेपाली कांग्रेसको वर्तमान संस्थापन इतरको बैठक बसेको छ ।
धुम्बाराहीस्थित एक होटलमा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक बसेको हो ।
बैठक केहीबेर अघिदेखि पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको छ।
बैठकमा डा। शेखर कोइराला, शंशाक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि केही समय चुप बसेको देउवा समूह पछिल्ला दिनहरुमा सक्रिय बन्न थालेको छ ।
सभापति थापाको नेतृत्वमा कांग्रेसले कामकारबाही गरिरहँदा देउवा समूहले समेत समानान्तर गतिविधि गर्न थालेको हो ।
बैठकमा गत फागुनमा सम्पन्न निर्वाचनका विषयमा समीक्षा र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउबारे छलफल हुने स्रोतले जनाएको छ ।
सोमबार पनि खड्का र कोइरालाको उपस्थितिमा पार्टीका नवनिर्वाचित सांसदहरूलाई बधाई दिइएको थियो ।
यद्यपी गत पुस ३० गते विशेष महाधिवेशनबाट र्निवाचित र निर्वाचन आयोगबाट प्राप्त सभापति गगनकुमार थापा पक्षको काँग्रेसले नवनिर्वाचित सांसदहरूको लागि गत शनिबार नै सानेपामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
यसअघि खड्काले १४ चैतमा विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेताहरूलाई बोलाएर ठमेलमा छलफल गरेका थिए ।
छलफलपछि उनले पहिलोपटक कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको