एजेन्सी । गृहमन्त्री अमित शाहले भारत अब माओवादी (नक्सलवादी) द्वन्द्वबाट पूर्ण रूपमा मुक्त भएको घोषणा गरेका छन् ।
सोमबार संसदमा सम्बोधन गर्दै उनले देशले लामो समयदेखि सामना गर्दै आएको सशस्त्र विद्रोहको अन्त्य भएको दाबी गरेका हुन् ।
उनले भने, ‘म निडर भएर भन्न सक्छु—भारत अब नक्सलवादमुक्त भइसकेको छ। यसमा कुनै हिचकिचाहट छैन। अभियान पूर्ण रूपमा सकिएपछि हामी देशलाई औपचारिक रूपमा पनि जानकारी दिनेछौं।’
सरकारले पछिल्ला दुई वर्षमा नक्सलवादी विद्रोहको अन्तिम अवशेषविरुद्ध तीव्र अभियान सञ्चालन गरेको जनाएको छ।
सुरक्षा कारबाही, विकास कार्यक्रम र स्थानीय सहकार्यको संयोजनमार्फत विद्रोह कमजोर बनाइएको दाबी गरिएको छ।







