काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ।

लामिछानेको सचिवालयका अनुसार जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहेका ठाकुर सभापति रविलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुगेका थिए।

भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

‘भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भयो। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्,’ सचिवालयले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको