काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई चुस्त र बलियो बनाउन आफू लागिपर्ने बताएका छन् । हिजो काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले प्रहरी संगठन र महानिरीक्षक (आईजीपी)लाई शक्तिशाली बनाउनुपर्ने बताएका हुन् ।

आईजीपीलाई बलियो बनाउँदा मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताएका उनले आईजीपीलाई लगाइँदै आएको दर्ज्यानी चिह्न अब सचिवले नभई प्रधानमन्त्री लगाइदिने व्यवस्था गरिने बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई हाल गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था छ ।

प्रहरी प्रधान कार्यालयको निरीक्षण पछिको सम्बोधनमा बोल्दै गृहमन्त्री गुरुङले अबदेखि आईजीपीलाई दर्ज्यानी  चिह्न प्रधानमन्त्रीबाट लगाउने व्यवस्था गर्न आफूले पहल गर्ने बताएका हुन् । यसका लागि उनले प्रधानमन्त्रीदेखि क–कसको ढोका ढकढक्याउनु पर्ने हो ? आफैले ढकढक्याउँछु भन्दै प्रहरी अधिकृतहरुमाथि आश्वासन दिए ।

गृहमन्त्री गुरुङले प्रहरीका लागि न्युट्रिसिय पुगेन भनेर आवाउ उठाउने आफू नै भएको बताए । तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङको कार्यकालमा आफूले प्रयास गरेको र त्यतिबेला वर्तमान आईजीपी दानबहादुर काकीले सहयोग गरेको उनले बताए ।

‘२०१ रुपैयाँमा मम आउँदैन कसरी प्रहरीलाई न्यूट्रिसियन पुग्छ ? यस विषयमा तपाईहरु किन नबोल्नु भएको’ भन्दै आफूले आईजीपीलाई नै प्रश्न गरेको गृहमन्त्री गुरुङले स्मरण गरे ।

प्रहरीको पोसाक समेत नेपालमै उत्पादन गर्ने गरी राज्यका तर्फबाट काम गरिने गृहमन्त्री गुरुङले बताए ।

उनले भने–‘अर्को एउटका कुरा भन्न मलाई मन लागेको छ । प्रहरीको लुगा ‘चुस्ता’ । यसको लागि हामीले एउटा योजना बनाएका छौं । प्रहरीको पोशाक अब हामी आफै बनाउँछौं । प्रहरीको पोशाक अबदेखि हामी आफै बनाउँछौं । आफ्नै फ्याक्ट्री । यो फ्याक्ट्र शहरतिर हुँदैन । गाउँतिर हुन्छ । ताकि गाउँका मानिहरुले रोजगारी पाउन । आफ्नै देशमा उत्पादन पनि भयो । रोजगारी पनि भयो र प्रहरीको आफ्नै फ्याक्ट्र पनि भयो ।’

प्रहरीको उध्रेको लुगा, खुइलिएको चुस्ता, च्यातिएको बुटलाई अब सरकारले परिवर्तन गरेरै छाड्ने उनले प्रतिवद्धता ब्यक्त गरे । उनले भने–‘अबदेखि हामीले प्रहरी संगठनलाई नयाँ बनाउने छौं । दुई वटा हात दिएर प्रहरीलाई आन्दोलनमा नपठाउनु होला । दुई हातले आन्दोलन रोकिँदैन हजुर ।’

त्यस्तै उनले प्रहरी कर्मचारीको सरुवा र बढुवा अनुमानयोग्य बनाउँदै सरकारले कुनै हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे । उनले आफूकहाँ सरुवा र बढुवाको कुरा लिएर नआउन पनि आग्रह गरे ।

उनले भने–‘सर मलाई बढुवा गरिदिनु पर्यो, नाकामा सरुवा गरिदिनु पर्यो भनेर नआउनु है मकहाँ । यो चाहि बन्द है । मेरोमा आउँदा आफ्नो समस्या मात्रै लिएर आउनु होला । तपाईहरुको समस्या समाधान गर्न म हरपल प्रयास गरिरहन्छु ।’

कार्यक्रममा सम्बोधनका क्रममा आईजीपी कार्की भावुक बनेका थिए । सम्बोधनका क्रममा आईजीपी कार्कीले भने–‘युनिफर्म–यो खासगरीकन निलो भन्दा पनि कालै भन्छु म । यो कालो बर्दी चाहिं धान गोदामको पालेले लगाउने भन्दा अलि राम्रो होस् भन्ने कुरा हो ।’ यति भन्दै गर्दा उनी भक्कानिएका थिए ।

आईजीपी भक्कानिएको देखेृपछि गृहमन्त्री गुरुङ आफै बसेको ठाउँबाट उठेर ताली बनाएर समर्थन जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको