काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन हुने भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको जानकारी गराएको हो ।

कांग्रेसले दलको नेताको निर्वाचनमा सहभागी हुन उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौं आइपुग्न र उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान एसएमएसमार्फत आग्रह गरेको छ ।

‘नेपाली कांग्रेस संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौं उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ सांसदहरूलाई पठाइएको सूचनामा उल्लेख छ।’

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हार व्योहोरेको ३८  कांग्रेसमा प्रतिनिधिसभामा कांग्रेसका सामानुपातिक र प्रत्यक्षमा गरी ३८ सांसद छन् ।

संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

तर प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन।

गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ।

यद्यपी पूर्वसहमहामन्त्री भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको