काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिले सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले अभिव्यक्ति नसच्याएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।
सोही कारण दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजे सुरु भएको हो ।
तर दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा पनि सोही विषयलाई लिएर विपक्षी दलहरू उठेर विरोध गरिरहेका छन् ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची छ ।बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।







