वीरगञ्ज । लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन् ।
मंगलबार नै पक्राउ परेका उनलाई जिल्ला अदालत पर्साका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको इजलासले दुईवटा कसुरमा ४ लाख १५ हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी जयनारायण यादवले खबरबहलाई दिएको जानकारी अनुसार सिंहसँग लिखतसम्बन्धी कसुरमा ४ लाख र दुईवटा विवरण लिएर नागरिकता लिएको कसुरमा १५ हजार धरौटी माग गरिएको हो ।
न्यायाधीश रेग्मीको इजलासमा बयान लिने प्रक्रियापछि थुनछेक बहसका क्रममा सिंहलाई धरौटीको राहत मिलेको हो ।
पर्सा प्रहरीले मेयर सिंहलाई मंगलबार पर्साको ठोरी क्षेत्रमा बसिरहेको अवस्थामा पक्राउ गरेर अदालतमा बुझाएको थियो ।
गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
स्थानीय लियाकत अलीको जाहेरी बमोजिम अदालतले मेयर सिंहसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको