काठमाडौं । दुई घण्टा ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठक कार्यसुचीमै प्रवेश नगरी स्थगित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को ‘नेपालले पनि भारतीय सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि विपक्षी दलहरुले संसदमा विरोध जनाइरहेका छन् ।

निरन्तर विपक्षी दलहरुले विरोध जनाएपछि आज १ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टापछि सुरु भएको थियो । तर विपक्षीहरुले प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे थप जवाफ दिनुपर्ने माग अघि सारेपछि आइतबारपछिका बैठकहरु निरन्तर अवरोध हुँदै आइरहेको छ ।

आज पनि विपक्षीहरुले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित सभामुख डोलप्रसाद अर्यालले जानकारी गराएका हुन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थियो ।

सभामुख अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजे पनि विपक्षीहरूले आफ्नो अडान नछाडेपछि बैठक स्थगित भएको हो ।सभामुखका अनुसार जेठ २५ गते बिहान ११ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्नेछ ।

यसअघि राष्ट्रियसभा बैठकमा पनि विपक्षी दलहरूले उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको