काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी र पहिरोबारे बाहिर आएका केही दाबी तथा खबर भ्रामक र असत्य भएको स्पष्ट पारेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै चीनका कारण क्षति भएको भन्ने अफवाहको खण्डन गरेको हो।

चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको तथा चीनतर्फको पूर्वाधार वा बाँध फुटेका कारण बाढी आएको भन्दै फैलाइएका खबरहरू पूर्ण रूपमा असत्य ९फेक न्युज० भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार गत अगस्ट २६ ९भदौ १०० गते बिहान नेपालतर्फ गएको भूकम्प वा भूकम्पजस्तै हिमपहिरोका कारण ठूलो लेदो र पहिरो खसेको थियो। सोही विनाशकारी पहिरोका कारण ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रका दुवैतर्फ ९नेपाल र चीन० ठूलो सङ्ख्यामा जनधनको क्षति हुनुका साथै नागरिकहरू सम्पर्कविहीन भएको दूतावासले जनाएको छ।

विपद्को यस्तो कठिन घडीमा आरोप(प्रत्यारोपले कसैलाई फाइदा नपुर्याउने भन्दै दूतावासले भनेको छ, “आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ”। दूतावासले दुवै देशका सीमावर्ती क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि आपसी समन्वय र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको