काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सुचारु भएको छ।

बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको उक्त सडकखण्ड मर्मत तथा आवश्यक व्यवस्थापनपछि चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको हो।

सडकखण्ड सञ्चालनमा आएसँगै लामो समयदेखि सडक सञ्जालबाट अलग बनेको रसुवा पुनः काठमाडौंलगायत देशका अन्य क्षेत्रसँग जोडिएको छ। सडक खुलेसँगै स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्रीको आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ।

यद्यपि, विपद्का कारण सडकको अवस्था अझै संवेदनशील रहेकाले यात्राका क्रममा आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको