काठमाडौँ । बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११ टन राहत तथा उद्धार सामग्री पठाएको छ। भारतीय वायुसेनाको विमानमार्फत चौथो खेपको राहत सामग्री काठमाडौँ ल्याइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेश मन्त्रालयका अनुसार पठाइएको सामग्रीमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको प्राविधिक टोली, डीएनए परीक्षणका लागि फरेन्सिक विशेषज्ञ तथा उपकरणहरू समावेश छन्। त्यसैगरी प्रभावितका लागि कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटलगायतका राहत सामग्री पनि ल्याइएको छ।

नेपालमा क्षतिग्रस्त सडक सञ्जाल पुनःसञ्चालनका लागि २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ वटा भारतीय ट्रक नेपाल पुगिसकेका छन्। थप सात वटा बेली ब्रिज र तिनको जडानका लागि प्राविधिक टोली चाँडै नेपाल आइपुग्ने भारतले जनाएको छ।

यससँगै भारतले हवाई माध्यमबाट हालसम्म कुल ६८।५ टन राहत तथा उद्धार सामग्री नेपाल पुर्‍याइसकेको छ, जसमा औषधि, जेनेरेटर, खाद्य सामग्री र पानी शुद्धीकरण ट्याब्लेटहरू रहेका छन्। भारत सरकारले नेपालमा जारी खोज, उद्धार तथा राहत अभियानमा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको