काठमाडौं ।  गत भदौ १० गतेको बाढीले क्षतिग्रस्त रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा फसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ।

चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले उद्धार टोलीले मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउँदै विद्युत्गृह नजिक पुगिरहेको बताए। अहिले विद्युत् गृह पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको उनले बताए ।

घिसिङ चिलिमे जलविद्युत् कम्पनीको पूर्वप्रबन्ध–निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरणमा सहभागी भइरहेका छन्।

बाढीले सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको उनले बताएका छन्। त्यस्तै, सुरुङभित्रबाट चिसो हावासमेत आइरहेको उनले बताए। यसले सुरुङभित्र फसेका कर्मचारीहरू सकुशल रहेको हुनसक्ने आशा बढाएको घिसिङले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको